कला
काठमाडौं । चलचित्र ‘जारी–२’को टिजर सार्वजनिक भएको छ । असोज ३ गते रिलिज हुने ‘जारी–२’को टिजर सार्वजनिक भएकोशो ।
सार्वजनिक टिजरले लिम्बू समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा देखाउने प्रयास गरेको छ ।
ट्रेलरले च्याब्रुङलाई लिम्बूको खुसीको स्वरमा व्याख्या गरेको छ ।
उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको चलचित्रलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
‘जारी–२’ चदचित्र ‘जारी’को सिक्वेल हो । विसं २०८० मा रिलिज भएको ‘जारी’ले नेपाली बक्सअफिसमा १७ करोड माथिको व्यापार गरेको थियो ।
प्रकाशित मिति: सोमबार, साउन २६, २०८२ ०९:३४
प्रतिक्रिया दिनुहोस्