site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रपतिलाई प्रधानमन्त्रीले गराए भ्रमणबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग आइतबार (साउन २४) प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् ।

शीतलनिवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका बारेमा जानकारी गराएका राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म आयोजित उक्त सम्मेलनमा सहभागी भएका थिए । उनी शुक्रबार (साउन २३) राति स्वदेश फर्किएका हुन् ।

भेटमा समसामयिक अरू विषयमा पनि छलफल गरिएको जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:२६
प्रतिक्रिया दिनुहोस्