site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनबाट पृथ्वीमा फर्कंदै चार यात्री

लस एन्जलस । पाँच महिना लामो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बसाइपछि नासाको क्रु–१० मिसनमा सहभागी चार यात्री शुक्रबारदेखि पृथ्वी फर्कने यात्रामा निस्किएका छन् । उनीहरू सवार अन्तरिक्षयान शुक्रबार साँझ ६ः१५ बजे (पूर्वी समयननुसार) आईएसएसको हार्मोनी मोड्युलबाट सफलतापूर्वक अलग भएको हो ।

उक्त यान शनिबार बिहान ११ः३३ बजे अमेरिकाको क्यालिफोर्नियाको समुद्री तटनजिक अवतरण हुने तालिका रहेको नासाले जनाएको छ ।

यो मिसनमा नासाका दुई महिला अन्तरिक्षयात्री एनी म्याकक्लेन र निकोल एयर्स, जापान अन्तरिक्ष अनुसन्धान संस्था (जाक्सा)का टाकुया ओनिशी र रुसका अन्तरिक्षयात्री किरिल पेस्कोभ सहभागी छन् ।

स्पेसएक्सको सहकार्यमा सञ्चालित यो मिसन नासाको व्यावसायिक अन्तरिक्षयात्री आदानप्रदान कार्यक्रमको दशौँ औपचारिक उडान हो । उक्त कार्यक्रमअन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय अन्तरिक्षयात्रीलाई अन्तरिक्ष स्टेसनमा पठाउने गरिएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्