काठमाडौं । रूसले छोटो र मध्यम दूरीका मिसाइलहरूको तैनातीमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । रूसी विदेश मन्त्रालयले सोमबार (स्थानीय समयअनुसार) आफूलाई छोटो र मध्यम दूरीका मिसाइलहरूको तैनाथीमाथिको प्रतिबन्ध बाध्य भएको नमान्ने बताएको छ ।
अमेरिकाले सन् २०१९ मा मध्यम दूरीको आणविक शक्ति सन्धिबाट बाहिरिने निर्णय गरेको थियो । यसअघि दुवै देशले यस्ता मिसाइलहरू तैनाथ नगर्ने सहमति जनाएका थिए ।
त्यसयता रूसले यस्ता मिसाइलहरू तैनाथ गरेमा अमेरिकाले आफूले पनि त्यसै गर्ने बताउँदै आएको छ ।
यद्यपि, रूसी विदेश मन्त्री सर्गेई लावरोवले सन् २०२४ को डिसेम्बरमा रूसले अमेरिका र नाटोको ‘अस्थिर कार्यहरू’को जवाफ रणनीतिक क्षेत्रमा दिनुपर्ने संकेत गरेका थिए ।
रूसी विदेश मन्त्रालयले आफ्नो वक्तव्यमा युरोप र एसिया–प्रशान्त क्षेत्रमा अमेरिकाद्वारा निर्मित जमिनमा आधारित मध्यम र छोटो दूरीका मिसाइलहरूको वास्तविक तैनाथीको अवस्था आइरहेको बताएको छ । त्यसैले रूसले समान हतियारहरूको तैनाथीमाथिको एकपक्षीय प्रतिबन्ध हटाउने सर्तहरू समाप्त भएको स्मरण गराएको छ ।
यसको अर्थ अब रूसले पनि छोटो र मध्यम दूरीका मिसाइलहरूमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।