site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
जनार्दनलक्षित प्रचण्डको टिप्पणी : गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गल्ती गर्नेले नै आत्मालोचना गर्नुपर्ने बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा पार्टीका उपमहासचिव जनार्दन शर्माले ३१ लाख जनमत भएको माओवादी ११ लाखमा झर्नुमा आफ्नो कारण रहेको भए आत्मालोचना गर्ने र पार्टी अध्यक्षले पनि आत्मालोचना गर्नुपर्ने धारणा राखेका थिए । 

सोही विषयमा सञ्चारकर्मीहरूसँग अध्यक्ष प्रचण्डले गल्ती गर्नेले आत्मोलाचना गर्नुपर्ने टिप्पणी गरे । उनले भने, "छलफल चलिरहेको छ । गल्ती गर्नेले आत्मालोचना गर्नुपर्छ ।"

माओवादीको स्थायी कमिटी बैठकमा आइतबार १९ जनाले आफ्ना धारणा राखेका छन् । 

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १८:४५
प्रतिक्रिया दिनुहोस्