site stats
बाह्रखरी :: Baahrakhari
कला
‘माइतीघर’को फर्स्टलुक सार्वजनिक

काठमाडौं । चलचित्र ‘माइतीघर’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई समावेश गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरेको हो । 

फर्स्टलुकमा कलाकारहरूको पात्र चित्रण गर्न खोजिएको छ । पोस्टरमा उज्यालो बलिरहेको घर समेत छ । 

रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रलाई मिलन तामाङको निर्देशन रहेको छ । चलचित्रमा रविन शेरचन र धिरज तामाङको लगानी छ ।

ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता छन् । रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको चलचित्रमा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद छ ।

चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्दि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापालगायत कलाकारहरूको अभिनय छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२  १२:०४
प्रतिक्रिया दिनुहोस्