कला
काठमाडौं । कथाकार गुरुप्रसाद मैनालीको चर्चित कथा ‘परालको आगो’मा आधारित चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् ।
निर्माण टिमका अनुसार सौगात चलचित्रमा मुख्य पात्र ‘जुठे दमाई’को भूमिकामा देखिनेछन् । निर्माता सुशील पोखरेलको लगानीमा बन्ने चलचित्रमा प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारीलगायत अनुबन्ध भइसकेका छन् ।
चलचित्रको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् । चलचित्रको छायांकन भदौ २६ गतेदेखि म्याग्दी आसपासबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०८२ ११:४७
प्रतिक्रिया दिनुहोस्