site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजेन्द्र लिङदेनका स्वकीय सचिव खडायतद्वारा गैरेमाथि कुटपिट
राजु गैरे ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनका स्वकीय–सचिव छत्र खडायतले युवा नेता राजु गैरेलाई कुटपिट गरेका छन् । खडायतले बुधबार साँझ गैरेलाई कुटपिट गरेका हुन् ।

धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय सामुन्ने रहेको छाप्रो रेष्टुरेन्टमा मोटरसाइकलमा आएका खडायतले गैरेमाथि अचानक आक्रमण गरेका थिए । साथीहरूसँग रहेका गैरेलाई छेउ बोलाएर खडायतले बुलेट बाइकको हेलमेटले आक्रमण गरेका थिए । 

घटनापछि पीडित गैरेले खडायतमाथि हदैसम्मको कानुनी कारबाहीको माग गर्दै महाराजगंजस्थित प्रहरी वृतमा उजुरी दिएका छन् ।

गैरे गत प्रदेशसभा निर्वाचनमा पाल्पामा राप्रपाको तर्फबाट उमेदवार थिए । गैरे समाजमा लोकप्रिय, मिलनसार र सहयोगी स्वभावका युवा भएका पार्टीका नेताहरू बताउँछन् ।

 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २२:४९
प्रतिक्रिया दिनुहोस्