site stats
बाह्रखरी :: Baahrakhari
विदेश
चीनको आग्रहमा ताइवानका राष्ट्रपतिको ल्याटिन अमेरिका यात्रा रद्द

काठमाडौं । ताइवानका राष्ट्रपति लाइ चिङ तेको ल्याटिन अमेरिका जानका लागि संयुक्त राज्य अमेरिका हुँदै जाने योजना रद्द भएको छ ।  

तर, ताइवानले प्राकृतिक प्रकोप, अमेरिकासँगको भन्सार कर वार्तालगायत आन्तरिक मुद्दाहरूका कारण राष्ट्रपति लाइको विदेश यात्राको कुनै योजना नरहेको दाबी गरेको छ । 

ताइवानका राष्ट्रपति पराग्वे, ग्वाटेमाला र बेलिजको भ्रमणमा जाने तयारीमा थिए । ताइवानी राष्ट्रपतिको न्युयोर्कमा रोकिने प्रस्तावलाई अमेरिकाले स्वीकृति नदिएको बताइएको छ । त्यसपछि ताइवानले राष्ट्रपतिको यात्रा रद्द गरेको छ ।
 
ताइवानको यो निर्णयले चीनलाई ठूलो कूटनीतिक जित प्राप्त भएको विज्ञहरूले बताएका छन् । 

ताइपेस्थित राष्ट्रपति कार्यालयका प्रवक्ता करेन कुओले राष्ट्रपति लाइको तत्काल कुनै यात्रा योजना नरहेको बताए । 
दक्षिणी ताइवानमा हालै आएको आँधीको प्रकोपबाट उबरने प्रयास, अमेरिका–ताइवान पारस्परिक कर र क्षेत्रीय घटनाक्रमलाई ध्यानमा राख्दै निकट भविष्यमा राष्ट्रपतिको विदेश यात्राको कुनै योजना नरहेको उनले बताए ।

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिका हुँदै जान अनुमति नदिन आग्रह गरेको थियो । ट्रम्प चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेट्ने तयारीमा छन् । 
 
यतिबेला अमेरिका र चीनबीच व्यापार वार्ता चलिरहेको छ । ह्वाइट हाउसले यस विषयमा कुनै टिप्पणी नरहेको जनाएको छ । विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले यो काल्पनिक विषय भएको बताए किन भने ताइवानले लाइको यात्राको कुनै योजना घोषणा गरेको छैन ।
 
ब्रुसले धेरै प्रश्न र अनुमानहरू भइरहेको तर यो काल्पनिक कुरा भएको बताइन् । 

ताइवान सन् १९४९ मा गृहयुद्धका क्रममा चीनबाट अलग भएको थियो । चीनले आफ्नो दक्षिण–पूर्वी तटमा रहेको यो टापुलाई सम्प्रभु क्षेत्र मान्छ । आवश्यक परे बलपूर्वक कब्जा गर्न खोजेको छ । 

ताइवानका राष्ट्रपति लाइ चिङ तेले गत नोभेम्बरमा आफ्नो पहिलो विदेश यात्राका क्रममा हवाई र गुआममा रोकिएर अमेरिकी राजनेताहरूको स्वागत गरेका थिए ।
 
यसअघिका ताइवानी राष्ट्रपति र अमेरिकी प्रशासनहरूमा यस्ता यात्राहरू सामान्य थिए । स्रोतहरूले चीनले लाइलाई अपवाद मान्ने गरेको बताएका छन् । किन भने उनी ताइवानको स्वतन्त्रताको मागमा बढी आक्रामक भएको चीनको बुझाइ छ । 
 
अमेरिकन इन्टरप्राइज इन्स्टिच्युटका वरिष्ठ फेलो ज्याक कुपरले अमेरिकी प्रशासनले बेइजिङसँगको वार्तामा ताइवानलाई प्रयोग गर्न अनुमति नदिएको बताए । द टाइम्स अफ इन्डिया 

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्