विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वराष्ट्रपति विद्या भण्डारीसँगको आफ्नो भेटलाई सामान्यरूपमा लिनुपर्ने बताएका छन् ।
भाण्डारीलाई आफूले राष्ट्रपति हुँदा पनि भेटेको भन्दै शेखरले भने, “उहाँ राष्ट्रपति भइसकेपछि पनि भेटेको थिएँ । अहिले पनि भेटेको हुँ । अहिलेको भेटलाई तपाईंहरूले बढी महत्व दिनुभयो ।”
संसदीय दलको नेता परिवर्तनको सन्दर्भमा आज विराटनगरमा पत्रकारहरूसँग नेता कोइरालाले त्यसका लागि आवश्यक संख्या चाहिने बताए । यसबारे सबै जानकार रहेको उनको भनाइ छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीको मात्रै नभएर देशकै नेता भएको भन्दै उनले समसामयिक विषयमा विभिन्न दलका नेताहरूलाई घरमै बोलाएर भेट्नुपर्ने धारणा राखे । उनले नभेट्दैमा अन्य नेताहरूले अरु पार्टीका नेता र व्यक्तिलाई भेट्न नहुने भन्ने नरहेको उनले प्रष्ट पारे ।
‘कुलिङ अफ पिरयड’मा भएको बदमासीमा सरकार र उच्च प्रशासकको हात रहेको कुरामा शंका नरहेको उनको भनाइ छ । राष्ट्रियसभामा गएपछि यो पुष्टि भएको उनको भनाइ छ ।