काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगान बाहेकमा परिणत गराउन नपाइने बताएका छन् । मंगलबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्री अधिकारीले उद्देश्यअनुसार काम नभए जग्गा स्वत: सरकारको हुने बताए ।
"गिरीबन्धु टी–इस्टेट चिया बगानका गराउन दिएको जग्गा हो । चिया बगान गराउन लिएको जग्गा अर्कोमा परिणत गर्ने कहाँ भनिएको छ ? त्यो अर्कोमा परिणत गर्न पाइँदैन, त्यही उद्देश्यमा काम गर्नुपर्छ । यदि त्यो उद्देश्यमा काम गर्दैन भने स्वत: सरकारको हुन्छ । हदभित्रको उसको हुन सक्छ," उनले बैठकमा भने ।
आज समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनमा संशोधनकर्ता सांसदसँग छलफल भइरहेको छ ।