राजनीति
बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेले शपथ लिएका छन् । सोमबार (साउन १२) प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथग्रहण समारोहमा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरी, मन्त्री र उच्चपदस्थ पदाधिकारी उपस्थित थिए ।
मुख्यमन्त्री आचार्यले आइतबार (साउन ११) लुम्बिनी मन्त्रिपरिषद् विस्तार गरेका थिए । खाली रहेको उक्त मन्त्री पदमा उनले लोसपा संसदीय दलका नेता पाण्डेलाई नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०८२ १५:४६
प्रतिक्रिया दिनुहोस्