site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जनै हराएको मान्छे’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को गीत सार्वजनिक भएको छ । ‘मसुरीको दाना’ बोलको गीतमा अञ्जु पन्त र एसडी योगीको स्वर छ । हर्क साउदको शब्द रहेको गीतमा एसडी योगी स्वयंले संगीत भरेका छन् ।

सुनील क्षेत्रीको कोरियोग्राफी गरेको गीतको भिडियोका चलत्रिका अधिकांश मुख्य कलाकार फिचर्ड छन् । विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरब पहाडीलगायत कलाकारलाई देख्न सकिन्छ ।

प्रेममा रहेका व्यक्तिको कथा गीतमा छन् । दुनियाको मन जित्ने व्यक्तिको आफ्नै व्यक्तिगत सवालमा भने कुनै टुंगो नहुने यथार्थ गीतमा छ । 

गीतमा विजय बराल, गौरब पहाडी, केकी अधिकारी, मिरुना मगरलगातय फिचर्ड छन् । 

हिमाल न्यौपानेले निर्देशन गरेको चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, भावना खपांगी मगर लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

भानुभक्त ढकालको कथा, पटकथा र संवादमा तयार भएको यो चलचित्रलाई पेपरक्लिपको ब्यानरमा कमल न्यौपाने र विमल न्यौपानेले निर्माण गरेका हुन् । चलचित्रको एसोसिएट निर्देशमा मनिष राउत छन् ।

चलचित्रको कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्