site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजियो : कठायत
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजिएको आरोप लगाएको छ । 

प्रतिनिधिसभा बैठकमा शुक्रबार रास्वपा सांसद विनीता कठायतले ‘कुलिङ अफ पिरियड’ हटाउन खोज्नुले संवैधानिक निकायलाई दलका कार्यकर्ता भर्ती गर्ने थलो बनाउन खोजेको जस्तो देखिएको बताइन् । 

दुई वर्ष ‘कुलिङ अफ पिरियड’ राख्न खोज्दा एमालेले राख्न नखोज्नुको कारण के रहेछ भन्दै उनले प्रश्न गरिन् । उनले ‘कुलिङ अफ पिरियड’लाई जनताले नजिकबाट हेरिरहेको भन्दै सचेत हुन आग्रह गरिन् । 

सांसद कठायतले भिजिट भिसा प्रकरणमा टालटुले अध्ययन समिति बनाएर झारा टार्न खोजिएको टिप्पणी गरिन् । 

यस विषयलाई अन्तर्राष्ट्रिय जगतले समेत गम्भीरतापूर्वक हेरिरहेकाले उच्चस्तरीय छानबिन समिति बनाउन उनको माग छ । आफ्ना माग पूरा नभएकाले आन्दोलन जारी रहेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १४:१३
प्रतिक्रिया दिनुहोस्