site stats
बाह्रखरी :: Baahrakhari
कला
युरोपका पाँच मुलुकमा प्रस्तुति दिँदै नेपथ्य

काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले आगामी महिना युरोपका पाँच देशमा प्रस्तुति दिने भएको छ । बेलायत, डेनमार्क, माल्टा, पोर्चुगल र बेल्जियममा नेपथ्यले कन्सर्ट गर्न लागेको हो । 

पहिलो प्रस्तुति अगस्ट ९ मा लन्डनको वेम्बलीमा दिनेछ । त्यसपछि यो ब्यान्ड अगस्ट २३, शनिबार डेनमार्कको राजधानी कोपेनहेगनमा ब्यान्ड प्रस्तुत हुनेछ । 

डेनमार्कपछि ब्यान्ड माल्टाको आटार्ड सहरमा उपस्थित हुनेछ । मुलुकको उत्तरी भेगमा पर्ने यस सहरको ‘माल्टा फेयर एन्ड कन्भेन्सन्स सेन्टर हल’मा अगस्ट २७, बुधबार नेपथ्यका गीत गुन्जिनेछन् ।

त्यसपछि ब्यान्ड पोर्चुगलतर्फ प्रस्थान गर्नेछ । त्यहाँको राजधानी लिस्बनस्थित ‘लिस्बोआ आओ भिभो’ मा अगस्ट ३१, आइतबार नेपथ्य प्रस्तुत हुनेछ ।

युरोप यात्राको अन्तिम प्रस्तुति भने बेल्जियमको एन्थ्रोपेन सहरमा हुनेछ । त्यहाँस्थित ‘एइडी स्टुडियोजको स्टुडियो सेभेन’ मा सेप्टेम्बर ३ मा नेपथ्यको प्रस्तुति रहनेछ । 


 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्