site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिस्टहरूको मुख्य दोष : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा कम्युनिस्टहरूको मुख्य दोष रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित ४७औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन विषयक कार्यक्रममा बोल्दै विप्लवले कम्युनिस्ट र त्यसमा पनि माओवादीका कारण नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण भएको बताए ।

उनले कम्युनिस्टहरूले आफ्नो विचार, वर्ग, आदर्शलाई छोडेका कारण मुलुक लथालिंग भएकाले अरुलाई दोष दिएर उम्कीने ठाँउ नरहेको धारणा राखे । तत्कालीन अवस्थामा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेकपासँग गरेको तीनबुँदे सहमति अझै लागु नभएको भन्दै उक्त सहमति लागु गर्न माग गरे ।

उनले आफूहरू कम्युनिस्ट सिद्धान्तमा अघि बढेको भन्दै कुर्सीका लागि मरिहत्ते गर्ने पार्टी आफ्नो नभएको जिकिर गरे । विप्लवले अब आफ्नो पार्टी निर्वाचनमा सहभागी हुने र आफूलाई जिताउन जनतालाई आह्वान गरिने स्पष्ट पारे ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १८:५५
प्रतिक्रिया दिनुहोस्