काठमाडौं । रूसको रक्षा मन्त्रालयले बुधबार रातिदेखि बिहीबार दिउँसोसम्म उसको सेनाले कम्तीमा १४३ युक्रेनी ड्रोनहरू खसालेको बताएको छ ।
रूसको रक्षा मन्त्रालयले प्रकाशित गरेको र एबीसीन्यूजले विश्लेषण गरेको तथ्यांकअनुसार, यो आक्रमण युक्रेनले जुलाई ११ मा १६७ ड्रोनहरू रूसमा प्रक्षेपण गरेपछि रूसमाथिको सबैभन्दा ठूलो ड्रोन हमला हो ।
पछिल्लो आक्रमणमा ११ रूसी क्षेत्रहरू र कब्जा गरिएको क्रिमियामा ड्रोनहरू खसालिएका छन् ।
रूसको संघीय उड्डयन एजेन्सी रोसाभियात्सियाका प्रवक्ता आर्टेम कोरेन्याकोले टेलिग्राम पोस्टहरूमा उल्लेख गरे अनुसार मस्कोको भ्नुकोभो विमानस्थल, राजधानीको दक्षिणपश्चिममा रहेको कलुगा ग्राब्त्सेभो विमानस्थल र सेन्ट पिटर्सबर्गको पल्कोभो विमानस्थलमा उडानमा अस्थायी प्रतिबन्ध लगाइएको थियो ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले सहरतर्फ आउँदै गरेका कम्तीमा तीनवटा ड्रोन खसालिएको बताउँदै भने, “आपतकालीन सेवा विज्ञहरू भग्नावशेष भएको स्थानमा काम गरिरहेका छन् ।” एबीसीन्यूज