site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जदौ’ निर्माण घोषणा, भदौमा छायांकन

काठमाडौं । चलचित्र ‘जदौ’ निर्माणको औपचारिक घोषणा गरिएको छ । 

काठमाडौंमा बिहीबार आयोजीत ‘जदौ’ निर्माण घोषणा कार्यक्रममा कलाकारहरू मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले प्रिति कौर लिखित गीत वाचन गरेका थिए । 

दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता–मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन..वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरेका थिए । 

अन्तरजातीय प्रेमसम्बन्धको कथामा निर्माण हुने ‘जदौ’लाई काजी लिम्बू र अञ्जन शर्माले संयुक्त रूपमा निर्देशन गर्ने भएका छन् । 

भदौ पहिलो साताबाट छायांकन हुनेछ । चलचित्रमा मुकुन, नीति, प्रभातपाल, विनोद, सन्ध्याका साथमा ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे)लगायतका कलाकारको अभिनय रहनेछ । 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्