राजनीति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उमेदवार चयन मापदण्ड सार्वजनिक गरेको छ । पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरेर रास्वपाले उमेदवार चयन मापदण्ड सार्वजनिक गरेको हो ।
रास्वपाले प्राइमरी इलेक्सनमा प्राप्त मतलाई ५० प्रतिशतमा सीमित गरेको छ । यस्तै, रास्वपाको लिडरसिप एकेडेमीको नतिजालाई २५ प्रतिशत, राजनीतिक आबद्धता २० प्रतिशत, समावेशितालाई ५ प्रतिशत दिइनेछ ।
उमेदवार छनोटको नयाँ कार्यविधि रूपन्देही क्षेत्र नम्बर–३ मा हुन लागेको उपचुनावबाटै लागु गरिने सहमहामन्त्री विपीन आचार्यले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ १६:५७
प्रतिक्रिया दिनुहोस्