site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
स्पेन गएर नफर्किएको विषयमा छानबिन गर्न गृहमन्त्रीको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधिमण्डलबाहेक गएकाहरूको विषयमा छानबिन गर्न निर्देशन दिएका छन् ।

सोमबार बिहान मन्त्री लेखकले गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई यसबारे छानबिन गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

‘‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डल बाहेक स्पेन कोको गए ? कुन विधि, प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देशन दिएको छु,’’ मन्त्री लेखकको भनाइ उद्धृत गर्दै उनको सचिवालयले भनेको छ, ‘‘जानका लागि भिजिट भिसाको प्रबन्ध कसले गर्‍यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’’

प्रधानमन्त्री ओली सहभागी कार्यक्रममा गएका नेपाली नफर्किएको दाबीसहित सरकारको आलोचना भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्