site stats
बाह्रखरी :: Baahrakhari
कला
‘सुम्निमा’मा कुन्साङ अनुबन्ध

काठमाडौं । चलचित्र ‘सुम्निमा’मा अभिनेता कुन्साङ बमजन अनुबन्ध भएका छन् । मिलन चाम्सको निर्देशन रहने चलचित्रमा काम गर्न पाउनु आफ्ना लागि भाग्य भएको उनले बताएका छन् । 

यो चलचित्र आफ्ना लागि डेब्यु सरह भएको उनले बताएका छन् । गोर्खा फिल्मस र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने चलचित्रले प्रेमकथा भन्ने बताइएको छ । 

चलचित्रको मुख्य अभिनेत्रीमा उपासना सिंह ठकुरी यसअघि नै अनुबन्ध भइसकेकी छन् । 

राजीव थापाको लेखनमा बन्न लागेको चलचित्रको अगस्टमा लन्डन र नेपालमा छायांकन हुने निर्देशक चाम्सले बताएका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ११:०४
प्रतिक्रिया दिनुहोस्