विदेश
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन् । अमेरिकाले गएको साता युक्रेनमा महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एनबीसी न्युजसँग आफूले नेटोसँग सम्झौता गरेको बताएका थिए । गठबन्धनमार्फत अमेरिकी प्याट्रियट हवाई रक्षा प्रणाली युक्रेनलाई प्रदान गरिने उनले उल्लेख गरेका थिए । यो निर्णय रुसको बढ्दो हवाई आक्रमणपछि लिइएको जनाइएको छ ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले यसअघि हतियारको आपूर्ति रोकिएबाट आफ्नो देशको सुरक्षामा असर पर्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रकाशित मिति: आइतबार, असार २९, २०८२ १०:२१
प्रतिक्रिया दिनुहोस्