site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको छ : खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राज्यले ज्यादती गरेको बताएका छन् । चीन भ्रमण सकाएर शनिबार (असार २८) स्वदेश फर्किएका उनले सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

उनले लामिछानेले गल्ती र कमजोरी गरेकै छैनन् भन्न आफूले नसक्ने स्पष्ट पारे । तर, लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको उनले आरोप लगाए ।

“मलाई पनि के लाग्छ भने रवि लामिछानेले गल्ती, कमजोरी गरेको छैन भनेर म कसरी पुष्टि गरौँ र ! तर, रवि लामिछानेमाथि यो वा त्यो गल्ती भयो भन्ने नाममा राज्यले ज्यादती गरिरहेको कुरा छ भन्ने मलाई पनि महसुस छ,” उनले भने ।

सहकारी ठगी प्रकरणमा अदालतको आदेशबाट लामिछाने हाल थुनामा छन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १४:१७
प्रतिक्रिया दिनुहोस्