site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनको राजधानीमा रुसले फेरि गर्‍यो हवाई आक्रमण, दुईजना मारिए

काठमाडौं । युक्रेनको राजधानी किभमाथि रुसले फेरि ड्रोनमार्फत ठूलो आक्रमण गरेको छ । आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएको बीबीसीले जनाएको छ ।

रुसले हालसम्म यूक्रेनको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन ।

किभका अधिकारीहरूका अनुसार, ड्रोनको भग्नावशेष मध्य शेवचेनक्विस्की क्षेत्रमा रहेको एक आवासीय भवनको छतमा खसेको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक फुटेजमा रातको समयमा आकाशमा विस्फोट भएको देखिन्छ । फुटेजमा हवाई रक्षा प्रणालीले आक्रमणलाई असफल बनाइरहेको देखिन्छ ।

यद्यपि, बीबीसीले फुटेजको स्वतन्त्ररूपमा पुष्टि गर्न नसकेको जनाएको छ ।

युक्रेनको सेनाले ब्यालिस्टिक मिसाइलबाट आक्रमणको खतरा रहेको चेतावनी दिएको छ ।

बीबीसीबाट ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्