काठमाडौं । रुसले रातभर युक्रेनमा कुल ७२८ वटा ड्रोन तर १३ मिसाइल प्रहार गरेको युक्रेनको वायु सेनाले जनाएको छ ।
तीन वर्षभन्दा लामो समयदेखि चलिरहेको युद्धमा रुसी हवाई आक्रमण बढ्दै गएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको उत्तरपश्चिममा पोल्यान्ड र बेलारुससँग सीमा जोडिएको लुत्स्क सहर सबैभन्दा धेरै प्रभावित भएको बताए । यद्यपि, अन्य १० क्षेत्रमा पनि आक्रमण भएको समाचारमा उल्लेख छ ।
एपीका अनुसार, लुत्स्क क्षेत्रमा युक्रेनी सेनाले प्रयोग गर्ने हवाई मैदान छ । कार्गो विमान र लडाकु जेट नियमितरूपमा सहरमाथि उड्ने भएको रुस त्यस स्थानलाई लक्ष्य बनाएको हुन सक्ने बताइएको छ ।
युक्रेनको वायु रक्षा प्रणालीले २९६ ड्रोन र सात मिसाइल खसालेको दाबी गरेको छ । यस्तै, ४१५ ड्रोन रडारबाट हराएको दाबी युक्रेनी पक्षको छ ।
एपीबाट ।