site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकतान्त्रिक मोर्चाले रूपन्देही–३ मा नाउपाका उमेदवारलाई समर्थन गर्ने
फाइल तस्बिर ।

काठमाडौं । संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही–३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रूपन्देही–३ मा मोर्चाबाट नाउपाका उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको तराई–मधेस लोकतान्त्रिक पार्टीका नेता विजयकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार, बैठकले निजामती विधेयकमाथिको चलखेल लोकतान्त्रिक र संसदीय अभ्यासप्रति गम्भीर अपराध भएको निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्