site stats
बाह्रखरी :: Baahrakhari
कला
मिर्गौला प्रत्यारोपणको तयारीमा रहेका गुरुदेव कामतको निधन

काठमाडौं । संगीत प्रशिक्षक गुरुदेव कामतको निधन भएको छ । बिहीबार बिहान उनको निधन भएको हो ।

६९ वर्षको उमेरमा आज बिहान सिरहास्थित आफ्नै निवासमा उनको निधन भएको बताइएको छ । उनी मिर्गौला रोगबाट पीडित थिए ।

कामत मिर्गौला प्रत्यारोपणको तयारीमा थिए । आर्थिक अवस्था कमजोर भएपछि उनी केही समयअघि मात्र काठमाडौंबाट गृहजिल्ला सिरहा फर्किएका थिए । उनले नियमित डायलासिस गराउँदै आएका थिए ।

कामतले लामो समयदेखि संगीत सिकाउँदै आएका थिए । पछिल्लो पुस्ताका धेरै गायकगायिकाले उनीसँग संगीतको शिक्षा लिएका छन् । “करिब ४० वर्षदेखि उहाँले संगीत सिकाउँदै आउनुभएको थियो,” संगीतकार तथा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले बाह्रखरीसँग भने, “उहासँग संगीत सिकेका सयौँ कलाकार अहिले फ्रन्टलाइनमा सक्रिय हुनुहुन्छ ।”

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्