site stats
बाह्रखरी :: Baahrakhari
कला
‘जेरीः अन टप’ भ्यालेनटाइन डेमा रिलिज हुने  

काठमाडौं । चलचित्र ‘जेरीः अन टप’ले रिलिज डेट घोषणा गरेको छ । भ्यालेनटाइन डे अर्थात् फागुन २ गते चलचित्र रिलिज हुने निर्माण हुनेछ । 

अनमोल मुख्य भूमिकामा रहेको चलचित्रमा आँचल शर्मा र जसिता गुरुङ छन् । चलचित्र ‘जेरीः अन टप’ साउन १ गतेबाट छायांकनमा जाने तयारीमा छ । 

चलचित्रलाई सुयोग गुरुङको निर्देशन गर्दैछन् । सरोज न्यौपानेले निर्माण गर्न लागेको चलचित्रमा दीपक भण्डारीको पनि लगानी रहने बताइएको छ । क्रिएटिभ निर्मातामा ‘फर्की फर्की’ निर्माता रोहित अधिकारी छन् ।

चलचित्रको छायांकन काठमाडौंसँगै मुस्ताङ र लुक्लामा हुने निर्माण पक्षले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्