site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बिलबिजक नभएको सामानसहित एक व्यक्ति पक्राउ

काठमाडौं । बिलबिजक तथा भन्सार प्रज्ञापनपत्र नभएको चिनियाँ किराना सामानसहित सशस्त्र प्रहरी बलले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता, नायव महानिरीक्षक मनिष थापाले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–४ स्थित बाह्रबिसेबाट एक जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।

सोही जिल्लाको बाह्रबिसे नगरपालिका–६ बस्ने शिवलाल तामाङलाई सशस्त्रको लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।

तातोपानीबाट खाडीचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आइचर गाडीमा राखी ल्याउँदै गरेको सामानको बिजलबिजक तथा भन्सार प्रज्ञापनपत्रसमेत फेला नपरेपछि सो गाडीका चालक तामाङलाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोकले जानकारी दिएको छ ।

नियन्त्रणमा लिइएका सामान स्टेसनरी, खेलकुद तथा किरानालगायतका सामान छन् । बरामद सामानको अन्दाजी मूल्य सात लाख २२ हजार र गाडीको १५ लाख मूल्यसहित जम्मा मूल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको बताइएको छ ।

नियन्त्रणमा लिइएका तामाङलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको पनि थापाले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, पुस १, २०८२  १४:५४
प्रतिक्रिया दिनुहोस्