काठमाडौं । चिनियाँ अटो निर्माता बीवाईडीले उत्पादन गरेको विद्युतीय सवारी ‘डल्फिन’को विश्वव्यापी बिक्री १० लाख युनिट नाघेको छ । यससँगै बीवाईडी डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक विद्युतीय सवारी (ईभी) बनेको छ ।
नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यस उपलब्धिलाई गर्वको विषय भएको बताएको छ । कम्पनीका अनुसार, डल्फिनले ह्याचब्याक सेग्मेन्टमा सुरक्षित, स्मार्ट र वातावरणमैत्री सवारीको नयाँ मानक स्थापित गरेको छ । नेपाली परिवारको रोजाइमा पर्न सफल भएको डल्फिनमार्फत नेपालमा ईभी इकोसिस्टम विस्तार र स्वच्छ गतिशीलता प्रवर्द्धनमा निरन्तर योगदान दिने प्रतिबद्धता कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार, बीवाईडीले सन् २०२६ का लागि डल्फिनको नयाँ संस्करणको परीक्षण सुरु गरिसकेको छ । हाल चीनमा विकास तथा परीक्षण चरणमा रहेको यस संस्करणमा डिजाइन र ड्राइभिङ क्षमतामा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ ।
विश्व बजारसँगै नेपालमा पनि बीवाईडी डल्फिनको बिक्री उल्लेख्य रहेको साइमेक्स इंक प्रालिको भनाइ छ । कम्पनीले नेपालमा सन् २०२३ सेप्टेम्बरमा डल्फिन सार्वजनिक गरेको थियो । हाल नेपालमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीको सूचीमा डल्फिन पहिलो स्थानमा रहेको छ । नेपाली सडकमा २५ सय बढी डल्फिन सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।
ह्याचब्याक सेग्मेन्टको बिक्री समग्र रूपमा घट्दो अवस्थामा रहे पनि डल्फिनको आगमनले उपभोक्ताको रुचि पुनः बढाएको कम्पनीको दाबी छ । उत्कृष्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट फिचर र प्रतिस्पर्धी मूल्यका कारण डल्फिन नेपाली बजारमा सुरक्षित र स्मार्ट पारिवारिक कारका रूपमा स्थापित भएको बताइएको छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० मा आधारित डल्फिनमा ७८.२ प्रतिशत उच्च–शक्ति हाइ–स्ट्रेन्थ स्टिल प्रयोग गरिएको छ, जसले नेपाली सडकको विविध अवस्थासमेत ध्यानमा राखेर यात्रु सुरक्षालाई प्राथमिकता दिएको कम्पनीको भनाइ छ ।
डल्फिनमा १२.८ इञ्चको घुमाउन मिल्ने टचस्क्रिन, मोबाइल कनेक्टिभिटी, २७०० मिमी ह्विलबेससहित प्रशस्त क्याबिन स्पेस उपलब्ध छ । साथै, लेभल–२ एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम अन्तर्गत क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन डिपार्चर असिस्टेन्सलगायतका फिचर समावेश छन् ।
कम्पनीले ह्याचब्याक सेग्मेन्टमा पुनः बजार विस्तार गर्न बीवाईडी डल्फिनको प्रविधि, मूल्य र डिजाइन सबै दृष्टिले उपयुक्त रहेको उल्लेख गरेको छ ।