site stats
बाह्रखरी :: Baahrakhari
खेल
एन्फा यू–१६ युथ लिग पुनः सुरु, हिमालयनको फराकिलो जित

काठमाडौं । हिमालयन शेर्पा क्लबले एन्फा यू–१६ युथ लिगमा प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ६–० को फराकिलो जित निकालेको छ । 

सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा हिमालयनलाई जित दिलाउन विष्णु सुनुवारले ‘ह्याट्रिक’ प्रहार गरे । किशोर बम, विवेक हमाल र जेनिल सुब्बाले पनि समान एक गोल गरे । 

हिमालयनले पहिलो र दोस्रो हाफमा समान तीन गोल गरेको थियो । 

खेलको १३औँ मिनेटमा विष्णुले हिमालयनलाई अग्रता दिलाए । १४औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर बनाए । 

यस्तै, २३आँै मिनेटमा उनै विष्णुले ‘ह्याट्रिक’ प्रहार गर्दै अग्रतालाई ३–० को अवस्थामा पुर्‍याए । 

४७औँ मिनेटमा किशोरले अग्रतामा एक गोल थप्दा ६६औँ मिनेटमा विवेकले छैटौँ गोल गरे । 

८५औँ मिनटमा जेनिलले गोल गरेपछि हिमालयनले ६–० को जित पक्का गरेको हो ।

जितसँगै हिमालयनले लिगमा २५ अंक जोडेको छ । पराजित प्लानिङ भने १० अंकमा सिमित छ । 

आजैदेखि स्थगित लिग पुनः सञ्चालन भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण लिग स्थगन गरिएको थियो ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्