देश
पाँचथर । ३६ वर्षीय युवकको हत्या अभियोगमा ८२ वर्षीय व्यक्ति पक्राउ परेका छन् ।
फाल्गुनन्द गाउँपालिका–७ खामेलक बस्ने प्रेमराज आङदेम्बेको हत्या अभियोगमा सोही ठाउँ बस्ने वर्णसंह आङदेम्बेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
वर्णसिंहले आफ्नै घरको आँगानमा प्रेमराजलाई छुरी प्रहार गरी हत्या गरेको भन्ने खबरका आधारमा प्रहरी चौकी आङसाराङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ १२:५१
प्रतिक्रिया दिनुहोस्