site stats
बाह्रखरी :: Baahrakhari
देश
ओखलढुंगामा कार्यरत इन्जिनियरले खोटाङमा घुस माग्दा जेल र जरिवाना

काठमाडौं । इन्जिनियर सन्तोषकुमार यादव विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएका छन् । उनी घुस लिँदालिँदै सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय रहँदा पक्राउ परेका थिए । 

यादवले खोटाङमा निर्माणाधीन सडकको पाँचौँ र छैटौँ रनिङ बिल स्वीकृत गरी भुक्तानी प्रक्रिया अघि बढाइदिएबापत ६ लाख ७० हजार भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले साथमा भेटिएको पाँच लाख ७० हजार विगो कायम गरी जरिवाना गर्ने आदेश भएको छ । उनलाई दुई वर्ष जेल सजाय तोक्दै अपराधपीडित संरक्षण कोषमा २२ हजार ८०० जम्मा गर्न आदेश भएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १९:२०
प्रतिक्रिया दिनुहोस्