देश
काठमाडौं । सप्तरीमा दुम्सी मार्ने क्रममा प्वालमा अड्किएका एकजनाको सकुशल उद्धार गरिएको छ । कञ्चनरूप नगरपालिका–११ का ५० वर्षीय दिलीप रेग्मी दुम्सी मार्न प्वालमा छिर्ने क्रममा अड्किएका थिए ।
शनिबार (मंसिर २७) त्यहाँ अड्किएका उनको सकुशल उद्धार गरिएको सशस्त्र प्रहरीले जानकारी गराएको छ ।
रेग्मी पाँच घण्टासम्म जमिनमुनि फसेका थिए । सुरक्षाकर्मीको संयुक्त टोलीले करिब २० मिटरभित्रबाट उनको उद्धार गरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धारपश्चात् उपचारका निम्ति उनलाई ठेलियास्थित धर्मेश्वर अस्पतालमा पठाइएको छ । सँगै गएका साथीहरूले उनी फसेको प्रहरीलाई जानकारी गराएका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १६:४५
प्रतिक्रिया दिनुहोस्