खेल
काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टिम सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र पाकिस्तानी टिम कराची सिटी एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ ।
आइतबार काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी एपीएफ र कराचीबीचको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको हो ।
खेलमा दुवै टिम फाइनल छनोटको निम्ति जित्नैपर्ने दबाबमा छन् ।
तालिकाको दोस्रो स्थानमा रहेको एपीएफले दुई खेल खेल्दा एक जित र एक बराबरीसँगै चार अंक जोडेको छ ।
यता, तालिकाको तेस्रो स्थानमा रहेको कराचीले तीन खेल खेल्दा सबै खेलमा गोलरहित बराबरी गर्दै तीन अंक जोडेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १४:५६
प्रतिक्रिया दिनुहोस्