देश
काठमाडौं । हिमाली जिल्ला मनाङमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार (मंसिर २८) दिउँसो १२:५४ बजे धक्का मापन गरिएको हो ।
यस दिन मनाङको थोचे आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
यसअघि, यही मंसिर २३ गते दार्चुलाको कालापानी आसपास केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसअघि, मंसिर २२ गते बाजुराको मार्तडी आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १३:२८
प्रतिक्रिया दिनुहोस्