site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्रान्सपरेन्सी इन्टरनेसनलद्वारा महान्यायाधिवक्ता भण्डारी निलम्बन, वेबसाइटबाटै हटाइयो नाम

काठमाडौं। ट्रान्सपरेन्सी इन्टरनेसनल, नेपालले महान्यायाधिवक्ता सबिता भण्डारी बराललाई निलम्बन गरेको छ । 

संस्थाले भण्डारीलाई साधारण सदस्यबाट निलम्बन गर्दै उनको नाम वेबसाइटबाटै रेकर्डमा नरहने गरी हटाइएको ट्रान्सपरेन्सी स्रोतले बाह्रखरीलाई जानकारी दियो ।

स्रोतले भन्यो, “उहाँ महान्यायाधिवक्ता भएपछि विवादमा पनि तानिनुभयो । राजीनामा पनि दिनुभएन । त्यसैले हामी हटाउन बाध्य भयौँ । उहाँको नाम वेबसाइटबाट पनि हटाइएको छ ।”

महान्यायाधिवक्ता भएपछि भण्डारीले पदमा रहँदासम्म सदस्यता स्थगनका लागि निवेदन पनि दिएकी थिइन् । तर, भण्डारी विवादमा तानिएपछि ट्रान्परेन्सीले उनलाई राजीनामा दिन आग्रह गरेको थियो । 

तर, विवादित भएर पनि पदमै बसेपछि उनको सदस्यता स्थगन नभएर निलम्बन गरिएको ट्रान्सपरेन्सी  इन्टरनेसनलका सीईओ आशिष थापाले जानकारी दिए । 

“अहिलेलाई उहाँलाई निलम्बन गरिएको छ । उहाँविरुद्ध सर्वोच्चमा मुद्दासमेतच रहेका हुँदा सदस्यता निलम्बन गरिएको हो,” थापाले भने ।

प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १३:०१
प्रतिक्रिया दिनुहोस्