देश
काठमाडौं । नेपाली सेनामा तीन सय ८८ जनाका लागि रोजगारी खुलेको छ ।
नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो ।
सेनामा रिक्त रहेका प्राविधिकरहवाईरविविध सेवा तर्फका पदिक तथा बिल्लादार पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरिएको छ ।
सूचनाअनुसार खुल्लातर्फ २०५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका सात जना माग गरिएको छ ।
इच्छुक र योग्य आवेदकले शुक्रबार (मंसिर २६) देखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाइ मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ ।
मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेका आवेदकले आवेदन दिन पाउनेछन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०८२ १०:४४
प्रतिक्रिया दिनुहोस्