काठमाडौं । विराटनगर किङ्ग्सका मुख्य प्रशिक्षक धमीका प्रसादले ब्याटरले जिम्मेवारी नलिँदा खेल हार्नुपरेको प्रतिक्रिया दिएका छन् । बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
लक्ष्य सहज रहेको भए पनि ब्याटरहरूले एक सय रन पनि कटाउन नसकेको बताए । यसको जिम्मेवारी ब्याटरहरूले नै लिनुपर्ने उनको भनाइ थियो ।
लुम्बिनीलाई बढीमा १२० रनमा रोक्ने लक्ष्य रहेको भए पनि १४ रन थप जोडेको मुख्य प्रशिक्षक प्रसादले बताए । पावरप्लेदेखि नै विकेट गुमाउँदै गएका कारण आजको खेलमा हार बेहोर्नुपरेको उनको भनाइ थियो ।
विराटनगर तेस्रो हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । आजको खेलमा जितका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर ९४ रनमा समेटियो ।