site stats
बाह्रखरी :: Baahrakhari
देश
काभ्रेमा टिपरमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काभ्रेपलाञ्चोकमा बुधबार (मंसिर २४) राति सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । बाँकेको नेपालगन्जका १८ वर्षीय सुदीप खत्रीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

पनौती नगरपालिका–५, आईटीपार्कस्थित सडकमा बा.प्र.०२–०१७ प ०४०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा सुदीप गम्भीर घाइते भएका थिए । बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त स्थानमा रोकिराखेको बा२क ७३५० नम्बरको टिपरमा मोटरसाइकल ठोक्किएको थियो । त्यसपछि मोटरसाइकल अनियन्त्रित भई बा.प्र.०१–००६ ख २२१७ नम्बरको टिपरमुनि छिरेको थियो । दुवै टिपरका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्