देश
काठमाडौं । सर्लाहीमा नक्कली नोटसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कौडेना गाउँपालिका–५, छपकैयाका ३० वर्षीय फिरोज खान छन् ।
बुधबार (मंसिर २४) बेलुका विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ लेखिएको मोटरसाइकलमा सवार उनलाई उक्त नोटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२ १२:४६
प्रतिक्रिया दिनुहोस्