site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्मचारी पुरानै हुँदा विकास हुन सकेन : मुख्यमन्त्री कँडेल
फाइल तस्बिर ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी संरचना नयाँ भए पनि काम गर्ने कर्मचारी पुरानै भएका कारण विकास हुन नसकेको बताएका छन् ।

बुधबार वीरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेश योजना आयोगले कर्णाली विकासमा  सरोकारवालाहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा मन्त्री कँडेलले यस्तो बताएका हुन् । 

कर्मचारीले समय बिताउनका लागि निर्णय गर्ने र विकासका लागि जोखिम नमोल्ने भएका कारण कर्णालीको विकासमा प्रगति नभएको स्वीकार गरे । 

“कर्णाली विकासका लागि कर्मचारी र सरकार सँगसँगै जानुपर्ने थियो । तर, यहाँ एक्लै हिँडेजस्तो भएको छ,” उनले गुनासो गरे, “प्रदेशको स्थानीय शासन सत्ता बदलिए पनि मानसिकता बदलिएको छैन ।”

कर्णालीमा उसै पनि बजेटको पर्याप्तता नभएको भन्दै मुख्यमन्त्री कँडेलले भएको बजेट पनि खर्च नभएको बताए ।  बजेट खर्च गर्ने क्षमता बढाउनुपर्ने उनको भनाइ थियो । 

समाजमा राम्रो कामको प्रचार गर्नेभन्दा पनि नराम्रो काम देखाएर निराश छर्ने काम भइरहेको र झनझटिलो प्रक्रियाका कारण निर्णय गर्न गाह्रो भएको बताए । 

कर्णालीको विकासका लागि योजना तर्जुमा गर्नेमा विगतको भन्दा केही सुधार भए पनि अझै धेरै सुधार हुन नसकेको उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्