देश
गाईघाट । उदयपुरको चौदण्डीगढी नगरपालिका–४, बसाहामा मंगलबार (मंसिर २३) साँझ दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा चौदण्डीगढी नगरपालिकाको बसाहा थुलुङडाँडाका ५८ वर्षीय भक्तराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । अस्पताल लैजाने क्रममा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ १०:१२
प्रतिक्रिया दिनुहोस्