काठमाडौं । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय सडक रोड्स्टर मोडेल ‘हन्टर ३५०’ को नयाँ २०२५ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । विश्वका विभिन्न सहरको जीवनशैलीबाट प्रेरित रङ, परिमार्जित सस्सपेन्सन, उच्च ग्राउन्ड क्लिेरेन्स र नयाँ सुविधा समेटिएको यो मोडेल कम्पनीले सोमबार (मंसिर २२) सार्वजनिक गरेको हो ।
नयाँ हन्टर ३५० मा चार प्रकारका सडकप्रेरित रङ प्रयोग गरिएको छ । रियो सेतो, टोकियो कालो, लन्डन रातो र ग्राफाइट खरानी रङमा यो उपलब्ध हुनेछ । बाइकमा प्रयोग गरिएका रङ विश्वका सांस्कृतिक पहिचान र सहरको सौन्दर्यबाट प्रेरित भएको कम्पनीले जनाएको छ ।
-1765272499.jpg)
यो संस्करणमा सिलिप एसिस्ट क्लच जडान गरिएको छ । यसलाई कम्पनीका ३५० सीसी मोडेलमा पहिलोपटक प्रयोग गरिएको जनाइएको छ । साथै, परिमार्जित सस्पेन्सन, १६० मिलिमिटर ग्राउन्ड क्लिरेन्स, सुधारिएको सिट, डबल च्यानल एबीएस प्रणाली प्रयोग गरिएको छ ।
हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे–सिरिज इन्जिनले सहरी सडकमा चुस्त र स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ ।
सन् २०२२ मा पहिलोपटक बजारमा ल्याइएको यो मोडेल हालसम्म विश्वभर सात लाखभन्दा बढी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।
रोयल इन्फिल्डका प्रमुख कमर्सियल अधिकृत यादविन्दर सिंह गुलेरियाले नेपालमा मोटरसाइकल दैनिकीसँगै जीवनशैलीकै हिस्सा बनेको र त्यही मागानुसार नयाँ हन्टर ३५० प्रस्तुत गरिएको बताए ।
उनका अनुसार, यो मोडेल नेपालका सहरी सडक तथा युवापुस्ताको ऊर्जाशील गतिका निम्ति उपयुक्त छ ।
-1765272370.jpg)
कम्पनीले नयाँ मोडेलको मूल्य (सिंगल टोन) रङअनुसार रियो सेतो, ड्यापर खरानी र ग्राफाइट खरानीका निम्ति चार लाख ९४ हजार ९०० रुपैयाँ तोकेको छ ।
यस्तै, (डबल टोन) टोकियो कालो, लन्डन रातो र रेबेल निलोका निम्ति चार लाख ९९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
देशभरका शो रुममा बुकिङ तथा परीक्षण–सवारी खुला गरिएको कम्पनीले जनाएको छ ।
-1765272405.jpg)
हन्टरको नयाँ संस्करण सार्वजनिक कार्यक्रममा ११ बाइक बुकिङ गरेकालाई साँचो हस्तान्तरण गरिएको थियो ।
रोयल इन्फिल्ड संसारकै सबैभन्दा पुरानो निरन्तर उत्पादनमा रहेको मोटरसाइकल ब्रान्ड मानिन्छ । यसले सन् १९०१ देखि मोटरसाइकल निर्माण गर्दै आएको छ ।
-1765272423.jpg)