site stats
बाह्रखरी :: Baahrakhari
देश
पूर्वसचिव कार्कीमाथि संगठित अपराध कसुरमा अनुसन्धान हुँदै

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेका पूर्वसचिव अर्जुन कार्कीविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान थालिएको छ । 

सीआईबीले गत कात्तिक ३० गते ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरेको थियो । कार्कीलाई संगठित अपराध कसुरमा मुद्दा चलाउनु परेको सीआईबी प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए । 

नेपाल ट्रस्टका पूर्वसचिव समेत रहेका कार्कीले नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौं महानगरपालिका–१, दरबारमार्गस्थित रहेको जग्गा थामशेर्कु ट्रेकिङ प्रा.लिलाई बदनियत राखेर भाडामा दिएको खुलेको थियो । 

कित्ता नम्बर ४६०६ को जग्गाभन्दा बढी अर्को कित्ता ४६०५ समेत थप गरी लिजमा दिने कार्य गरेको सीआईबीले जनाएको छ । कार्कीअघि सीआईबीले ट्रस्टका सहसचिव लेखबहादुर कार्कीलाई समेत पक्राउ गरेको थियो । उनीहरू दुवै हाल सीआईबीको थुनामा छन् । 

संगठित अपराधमा प्रहरीलाई ६० दिन थुनामा राखेर अनुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ । 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्