site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्दीप लामिछानेले भने– योजनाअनुसार खेलमा सफल भयौँ
फाइल तस्बिर ।

काठमाडौं । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले आफूहरू नेपाल प्रिमियर लिग (एनपीएल)काे प्लेअफमा पुगिसके पनि दोस्रो हुनका लागि जित्नैपर्ने अवस्था रहेकाले सोहीअनुसार खेलेको बताएका छन् । फिल्डिङ रोजेसँगै जतिसुकै ठूलो लक्ष्य दिए पनि १३.४ ओभरमा जित्ने योजनाअनुसार खेलेको बताए । 

बलिङ गर्दा बीचमा केही ठाउँमा चुकेको भए पनि राम्रो खेलेको बताए । ओपनिङ पार्टनरसिप नै आफूहरूका लागि महत्त्वपूर्ण भएको उल्लेख गरे ।

विराटनगर किंग्सका खेलाडी फाप डु प्लेसिसले पावर प्लेमा स्पिनर बलिङ र दायाँ र बायाँ हाते ब्याट्सम्यान भएकाले पनि रन बढी बटुल्न सकेको बताए । विश्व क्रिकेटमै सन्दीप स्पेसल बलर रहेको बताउँदै टिमले उनीबाट धेरै अपेक्षा गर्ने उल्लेख गरे । उनले नेपालमा क्रिकेटको विशेष रहेको र आफू त्यसबाट प्रभावित भएको पनि बताए । 

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १५:२२
प्रतिक्रिया दिनुहोस्