site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
इम्बार्क अनम्याथद्वारा आयोजित ‘परान’ को विशेष कर्पोरेट शोः चलचित्रमा गणित कसरी लागू हुन्छ ?

काठमाडौँ । दैनिक जीवनका साना–साना निर्णयदेखि लिएर विश्व बदल्ने वैज्ञानिक आविष्कारसम्म, गणितको प्रभाव सर्वत्र छ । यही सत्यलाई व्यावहारिक रूपमा बुझाउने उद्देश्यसहित इम्बार्क अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको छ ।

अनम्याथले शिक्षक तथा अभिभावकसहित झण्डै दुईसय जनालाई काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा सामुहिक रुपमा चलचित्र हेराएको हो ।

गणितलाई पुस्तकका सूत्रमा मात्र सीमित नराखी, जीवन र सिर्जनशील उद्योगमा कसरी प्रयोग हुन्छ भन्नेबारे जागरूकता फैलाउँदै आएको इम्बार्क अनम्याथले यसपटक नेपाली चलचित्र ‘परान’ मार्फत गणितीय सोचको वास्तविक उपयोग गरेको जनाएको छ ।

हालै देश–विदेशमा चर्चा बटुलेको चलचित्र परान ले कथा, भावनात्मक प्रस्तुति र सामाजिक सन्देशका कारण दर्शकको मन गहिरोसँग छोएको छ । फिल्मको सफल प्रदर्शनले सिर्जना, कथानक निर्माण, सिनेमाटोग्राफी, समय व्यवस्थापनदेखि दर्शकको मनोविज्ञान बुझ्नसम्म गणितीय अवधारणाहरू प्रयोग हुने रहेछन् भन्ने बुझाउन पनि अनम्याथले परान चलचित्रको कर्पोरेट सो आयोजना गरेको आयोजकले बताए ।

“गणितले नछुने कुनै ठाउँ हुँदैन । चलचित्र निर्माणमै पनि ढाँचागत सोच, व्यवस्था, सम्भाव्यता, गति, अनुपात, कथा–रचना र दर्शक व्यवहार विश्लेषण जस्ता तत्वहरू गहिरोसँग गणितसँग जोडिएका हुन्छन् । परान हेर्दा यी तत्वहरूको उल्लेखनीय उपयोग देखिन्छ, जसले फिल्मलाई अझ प्रभावकारी बनाएको छ,” इम्बार्क अनम्याथका सह–संस्थापक दिवेश बठिजाले भने ।

उनका अनुसार, इम्बार्क अनम्याथले गणितलाई डर नभइ जीवनसँग जोडिएको उपयोगी कौशलको रूपमा बुझाउने कार्य निरन्तर गरिरहेको बताए ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १७:२१
प्रतिक्रिया दिनुहोस्