site stats
बाह्रखरी :: Baahrakhari
देश
जबर्जस्तीकरणी मुद्दामा १५ वर्ष सजाय तोकिएका प्रतिवादी १३ वर्षपछि पक्राउ

स्याङ्जा । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । 

पुतलीबजार नगरपालिका–१४ (साबिक पुतलीबजार नगरपालिका–८) पिपलडाली बस्ने ५७ वर्षीय मेगबहादुर भुजेललाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

भुजेलमाथि सोही नगरपालिका–१४ स्थित वनमा ११ वर्षीया बालिकालाई २०६९ भदौ २७ गते जबर्जस्तीकरणीको घटनामा जिल्ला अदालत स्याङ्जाले २०७३ मा १५ वर्ष कैद सजाय सुनाएको थियो ।

तर, सोही समयदेखि फरार भुजेललाई प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भुजेललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत स्याङ्जामा पेस गरी कैद भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्