site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार ४००  रुपैयाँ कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा ७० रुपैयाँ घटेको छ । महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतितोला तीन हजार ५५५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला तीन हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १०:५३
प्रतिक्रिया दिनुहोस्