site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुदूरपश्चिमविरुद्ध चितवनको खराब सुरुआत

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले ब्याटिङमा खराब सुरुआत गरेको छ । 

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याइरहेको चितवनले ६ ओभरमा तीन विकेट गुमाएर ३६ रन बनाएको छ । 

चितवनबाट हाल क्रिजमा रहेका कप्तान कुशल मल्ल पाँच र रवि बोपारा दुई रनमा खेलिरहेका छन् । त्यसअघि चितवनले अर्जुन साउदलाई १६ र डेविड मलानलाई ६ रनमा गुमाएको थियो । यस्तै, सैफ जैबले पनि ६ रनमात्र थप्न सके ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी र हिक्मत महराले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङमा आएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १८:४४
प्रतिक्रिया दिनुहोस्